काठमाडौं । पछिल्लो सबै अपडेट अनुसार थप ९० जनामा कोभिड –१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको छ ।
देशभरमा ४६ जिल्लामा गरि ७ सय ७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे।
मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् ।
हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एकरएक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।