राजविराज । सप्तरी जिल्लामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।
बोदे बरसाईन र सुरुङ्गा नगरपालिका तथा बलान विहुल गाउँपालिकामा गरि ११ जना नयाँ संक्रमित देखिएको छ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सप्तरीका स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले दिनुभएको जानकारी अनुसार बोदे बरसाईनमा ८, बलान विहुलमा २ र सुरुङ्गा नगरपालिकाका १ जनामा संक्रमित भेटिएको छ । योसँगै सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या १५ पुगेको छ ।