• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

एकैदिनमा १५६ जना थपिएसँगै संक्रमितको संख्या १०४२ पुग्यो, ९४०पुरुष र १०२महिला

img

काठमाण्डौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार नाघेको छ। बिहीबार १५६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। यो संख्या एकैदिन संक्रमित भेटिएका अहिलेसम्मकै उच्च हो।

संक्रमित १ हजार ४२ मध्ये ९४० जना पुरुष र १०२ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिहीबार थपिएका संक्रमितमा धनुषाका २९ जना, झापाका २५ जना, रौतहटका २० जना, महोत्तरीका १७ जना, सप्तरीका १४ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, स्याङ्जा र बर्दियाका ३/३ जना, दोलखा र कैलालीका २/२ जना तथा सोलु, मकवानपुर, नवलपुर, बाँके, बझाङ र दार्चुलाका १/१ जना छन्।

कुल संक्रमितमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने पाँच जनाको मृत्यु भएको छ।

डिस्चार्ज हुनेमा प्रदेश–१ बाट ३० जना, प्रदेश–२ बाट १०१ जना, बागमतीबाट ११ जना, गण्डकीबाट २ जना, प्रदेश–५ बाट ३८ जना र सुदूरपश्चिमबाट ५ जना छन्।

संक्रमणबाट ज्यान गुमाउने पाँच जनामध्ये सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा र ललितपुरका एक÷एक छन्।

img

Share: