• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा थप १२ जना कोरोना संक्रमित पुष्टि सँगै सङ्क्रमितको सङ्ख्या १५६७ पुग्यो

img

काठमाण्डौ । एकैदिनमा एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै रौतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकोटमा र दैलैखमा १८/१८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा र कैलालीमा तीनरतीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।स्याङ्जामा दुई, तनहुँ, मोरङ र सुर्खेतमा एक/एक जना थपिएका हुन् ।

सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
पछिल्लो पटक आइतबार थपिएका १२ जना सबै भारतबाट फर्केका पुरुष हुन् ।

सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् । उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी