• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आइसोलेसन कक्ष अभावको नेपाली सेना द्वारा परिपुर्ति

img

काठमाण्डौ ।सप्तरीमा कोरोना भाइरस सङ्क्रमित संख्या बढ्न साथ आइसोलेसन कक्षको अभाव भएका छन ।

आइतबार १२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि जिल्लामा आइसोलेसन कक्षको अभाव भएको हो । राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २६ ओटा मात्र आइसोलेसन बेड रहेकोले अन्य संक्रमितहरुलाई चार दिनदेखि सम्वन्धित क्वारेन्टाइनमै राख्नुपरेको छ ।

कोरोनाको संक्रमण देखिएकाहरुलाई आइसोलेट गर्न समस्या भएपछि राजविराज स्थित भिम दल गणका नेपाली सेनाको टोलीले तत्कालकालागि साइकृष्णा अस्पतालमा ९९ ओटा आइसोलेसन बेडको व्यवस्थापन गरेको छ । सेनाको निरन्तरको प्रयासबाट तयार भएको आइसोलन कक्षहरुमा कोरोना संक्रमितहरुलाई राख्ने क्रम आइतवारै रातीदेखि थालिएको गजेन्द्रनारायण सिंह अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो चरणमा बोदेवर्साइन नगरपालिकाको क्वारेन्टाइनहरुमा रहेका ९ जना संक्रमितहरुलाई आइसोलेट गर्ने कार्य भएको छ । अन्य संक्रमितहरुलाई समेत ल्याएर क्रमशः साइकृष्णा हस्पिटलको आइसोलेसन कक्षमा भर्ना गरिने तयारी भईरहेको छ । उनीहरुको सुरक्षा एवम् रेखदेखकालागि नेपाली सेनाको टोली परिचालित हुने तथा उपचारकालागि चिकित्सकहरु परिचालित रहने डा. दासले बताए । यसका साथै सिसी क्यामेराको माध्यमले संक्रमितहरुको हरेक गतिविधीको निगरानी गरिने व्यवस्था मिलाईएको अस्पतालका कोभिड १९ कोरोना भाइरस व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।

img

Share: