• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तकोशी नगरपालिकाको ओद्राहामा क्वारेन्टाइन थप

img

दिपेन्द्र प्रसाद यादव ।
सप्तरीको सप्तकोशी नगरपालिकाले आजदेखि तेस्रो क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ।
नगरपालिकाले देशमा कोरोना भाइरस( कोभिड–९) को संक्रमण बढ्न थालेको सुरुवाती अवस्थादेखि नै वडा नं–२ को गोबर्द्धन बैरागी जनता मा. वि. फत्तेपुरमा २१ वटा र वडा नं.-१० को जनता मा.वि.भनी मलेठमा २१ बेडको गरी ४२ बेडको क्वारेन्टाइन संचालनमा ल्याइसकेको र हाल भारतबाट स्वदेश फर्कने कामदारहरुको संख्यामा वृद्धि भएसँगै वडा नं.८ को नन्द उमा पब्लिक मा। वि। ओद्राहामा समेत ४० बेडको क्वारेन्टाइन थपिएको नगर प्रमुख उत्तमकुमार शर्माले बताए। नगरभित्र थप क्वारेन्टाइन आवश्यक देखिएमा आधारभुत विद्यालयहरुमा थपिने बताइएको छ।

Image may contain: one or more people, people standing, tree and outdoor
आज सोमबारदेखि संचालनमा ल्याइएको न.उ. प. मा. वि. ओद्राहाको क्वारेन्टाइनमा भारतका विभिन्न स्थानबाट आएका सप्तकोशी-८ का रामरुप चौधरी,दुखन सदा, तेजु सदा र सदानन्द खंग तथा सप्तकोशी-९ का मोहन सदा र दिलिप सदा गरी ६ जना रहेका छन्। यिनीहरूको लागि नगरपालिकाले नै खाना, बेड व्यवस्थापन, साबुन पानी आदिको व्यवस्था मिलाइएको वडा नं.-८ को वडाध्यक्ष केदार प्रसाद साहले बताए।
कोरोना भाइरसको संक्रमण विश्व व्यापी रुपमा बढ्दै गएको वर्तमान परिवेशमा भारत लगायतका मुलुकहरूबाट स्वदेश फर्केर आउने नेपाली कामदारहरुलाई क्वारेन्टाइनमा राखी कोरोना भाइरसको संक्रमणबाट बचाउन नगरपालिकाले निगरानी गर्ने बताइएको छ। सप्तकोशी नगरपालिका विपद व्यवस्थापन समिति र आपतकालिन कार्य संचालन केन्द्रको बैठकबाट उक्त निर्णय गरिएको नगरपालिकाका योजना शाखा प्रमुख दयाराम भट्टराइले बताए।
सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र सप्तकोशीका संयोजक ललन कर्णका अनुसार संचालनमा रहेका क्वारेन्टाइनहरुमा चौबिसै घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले सेवा प्रदान गर्नेछन्।

img

Share: