• img
  • img
img img img
Categories
मनोरञ्‍जन

सलमान खान र ज्याकलिन फर्नाडिसको नयाँ गीत ‘तेरे बिन सार्वजनिक

img

बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नाडिसको नयाँ गीत ‘तेरे बिन’ आएको छ। यो गीत दर्शकले खुब रुचाएका छन्।
केहि दिन पहिला सलमान फार्म हाउसमा बसिरहेका बेला फार्म हाउसमै गीतको सुट गरिएको छ। यो गीत दुई हप्ता अघि युट्युबमा सार्वजनिक गरिएको छ। । युटुवमा अहिलेसम्म ३ करोड ३० लाखभन्दा बढिले हेरिसकेका छन्।

शबिर अहमदको शब्द र अजय भाटियाको संगीत रहेको गीत सलमानले आफै गाएका हुन्। लकडाउनमै तयार पारिएको भनिएको उक्त गीत सलमानको घर वरपर नै सुट गरिएको जनाइएको छ।

फार्महाउसमा सलमान र ज्याकलिनको रो’मान्स (भिडियोसहित)

‘तेरे बिन’ रो(मान्टिक गीत हो। यसमा सलमान र ज्याकलिनको जोडी जमेको छ। यसमा एक बालिकाको पनि अभियन रहेको छ। उनी अभिनेत्री बलुसा डिसुजाकी छोरी सियना रबिन्सन हुन्। उनको छोटो अभिनय पनि दर्शकले मन पराएका छन्। लकडाउनमा समेत ज्याकलिन सलमान खानको फार्म हाउसमै लामो समय बसिरहे । त्यहि बीचमा गीत सार्वजनिक हुनुले पछिल्लो समय सलमान खान र ज्याकलिन नजिकिएको स्पष्ट बुझ्न सकिन्छ ।

सलमानले सन् १९८८ मा पारिवारिक विषयवस्तुमा आधारित फिल्म ‘बिवी हो तो ऐसी’ मा सहायक भूमिकाबाट अभिनय यात्रा थालेका थिए। त्यसपछि उनले ‘मैने प्यार किया’ बाट फिल्ममा प्रमुख भूमिका निभाएका थिए।

उनका हम आपके हैं कौन, करनअर्जुन, बिवी नं वान, हम साथ साथ हैं, दबाङ्ग, रेडी, तेरे नाम, वान्टेड, एक था टाइगर, किक, सुल्तान, टाइगर जिन्दा हैं, ट्युवलाइट, भारतजस्ता चलचित्र प्रख्यात छन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी