सप्तरी । गत २४ घण्टामा थप ३३४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै नेपालमा भेटिएका कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका प्रयोगशालामा गरिएको परिक्षणको रिपोर्टबाट ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार दैलेखमा ११३, रौतहटमा ६५, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५, सप्तरीमा १३, बारामा १२, बाग्लुङमा १०, झापामा ५, पर्वतमा ४, डोटीमा ३, महोत्तरीमा ३, सर्लाहीमा ३, खोटाङमा ३, ताप्लेजुङ, पर्सा, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुमा १/१ जना फेला परेका छन् ।
मन्त्रालयका अनुसार २ सय ९० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ।