• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा १३ जनामा कोरोना पुष्टिसँगै संक्रमित संख्या ६९ पुग्यो, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना

img

राजविराज । सप्तरी जिल्लामा विहीबार १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टिसँगै संक्रमित संख्या ६९ पुगेको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जनामा कोरोना पोजेटिभ पाईएको हो ।

संक्रमितहरु सबै पुरुष नै रहेका छन् । एकसाता अघि स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले विभिन्न क्वारान्टाइनहरुबाट स्वाब संकलन गरी परीक्षणकालागि धरान स्थित वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ परीक्षण प्रयोगशाला पठाईएको थियो ।

यता संक्रमणको पुष्टि भएका व्यक्तिहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भईरहेको गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।

img

Share: