• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ जना पुग्यो, मृतकको संख्या १३ जना, निको ३६५ जना

img

सप्तरी । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ भने २ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ भने मृतकको संख्या १३ पुगको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार सङ्क्रमित भएकामा दुई सय ८६ जना पुरूष र ३७ जना महिला छन् ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरूमा पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । डोल्पाका ५८ वर्षीय पुरूष र धनगढीकी ५५ वर्षीया महिलामा मृत्यु भइसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमण भएका ३६५ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

 

 

img

Share:
img

ताजा अपडेट

क्याटोगरी