• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

थप ३१४ जना कोरोनाका सङ्क्रमण पुष्टि सँगै सङ्क्रमित सङ्ख्या ३७६२ पुग्यो, निको ४८८ जना

img

सप्तरी । आज सोमबार ३ सय १४ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
आज २ सय ९४ जना पुरुष र २० जना महिला गरी २ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ३७ सय ६२ पुगेको छ । यस्तै आज थप २१ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ४ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँकाअनुसार स्याङ्जाका एक पुरुषको कोरोनाको कारण ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । मन्त्रालयको अनुसार आज १ लाख ७० हजार ७ सय ३२ जना क्वरेण्टीनमा र ३ हजार २ सय ६० जनालाई आइसोलेसनमा राखिएको छ ।

आजसम्ममा १ लाख ९ सय ७१ जनाको पीसीआर र १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी