• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

क्वारेन्टिन स्थल भद्रगोल, मापदण्डविपरीत सञ्चालनमा

img

राजविराज । सप्तरी जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढी रहेको छ । हरेक दिन थपिने संक्रमितको संख्यामा क्वारेन्टिनको स्थान रहेका हुन्छ । यसरी थपिने अधिकांश संक्रमितहरु भारतबाट फर्किएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु छन् ।

अहिले जिल्लाभरका क्वारेन्टिनमा ९ हजार भन्दा बढी छन् । तर न्यूनमत मापदण्ड नै नपुगेको क्वारेन्टिन स्थल नै कोरोना संक्रमण फैलिने अखडा बन्दै गएको छ ।
सप्तरी अधिंकाश क्वारेटिनमा नत सरसफाई रहेका छन । न त सौचालय व्यवस्था छन ।

सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं. १ स्थीत बि.पि.माध्यमिक बिद्यालयलाई क्वारेन्टिन स्थल बनाइएको छ । १९ जना छन । तर उनीहरुलाई सुत्ने राम्रो व्यवस्था समेत छैन । कक्षाकोठाका तल भूूइमा बस्ने र सुत्ने गर्नु परेको छ । ‘खानेपानीको सुविधा छैन’ क्वारेन्टिनमा बसेका एकले भने, भुइमै खान्छु, भूइमै सुत्छु । झुल पनि छैन ।’ उनीहरुलाई बिहान चिया  दिइन्छ भने खानाका लागि दाल र भात उपलब्ध गराएको छ ।

भद्रगोल क्वारेन्टिनको अर्का नमुना हो, हनुमाननगर कंकालिनी नगरपालिकाकै वडा नं. ४ स्थित माध्यमिक बिद्यालय मधुवापुर २० जना छन । यहाँ १जनालाई कोरोना पुष्टि भएको छ । क्वारेन्टिनमा बसेका २० जनालाई मध्ये एक लाईकोरोना संक्रमण पुष्टि भएको छ । तर व्यवस्था लथालिङ्ग छन । न कुनै स्वास्थकर्मी उपस्थित रहन्छ । नकुनै पिपिई प्रयोग गरेको पाइन्छ । यस बारेमा बिरोध गर्दा वडा अध्यक्ष नागेश्वर मण्डलले प्रहरी वोलाई क्वारेटिनमा रहेका रामेश्वर मण्डल र रवन्द्रि मण्डल लाई कुटपिट गरेका छन ।

क्वारेटिनमा भएको अभावको गुनासो गर्दा वडा अध्यक्ष मण्डले बिचित्र बिचित्रको गालीगलो समेत गरेको स्थानिय संजिव मण्डलले बताउछन ।
क्वारेटिनमा रहेको मान्छेहरुको व्यवस्थापन गर्न नगरपालिकाले उपलब्ध गराएको रासन खर्चमा पनि कमिशनको कारण राम्रो खानाको व्यवस्था नगरेको आरोप लगाएका छन ।

क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारले आग्रह गरे तापनि स्थानिय सरकारले आफनो कमिशनका कारण जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेका छन ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १५ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टिनभित्रै भएको छ । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिन सकेका छैन।

लकडाउनको अवधिमा प्रहरीले मानवता समेत देखाउन सकेका छैन । ३ बर्षको बच्चा देखी ६५ बर्षको बुद्धलाई समेत कुटपिट गरेको छन । यस्तो किसिमको घटना पटक पटक प्रहरीले द्वारा गरेका पाइन्छ ।

सप्तरी जिल्लाभरीका क्वारेटिनमा रहेको व्यक्तिहरुको अनैको किसिका गुनास्रो छन ।

डाक्नेश्री नगरपालिकाका चार सामुदायिक विद्यालयलाई क्वारेन्टिन स्थल बनाइएको छ । वडा नम्बर ५ पातोस्थित कन्तचन्द्र मावि, वडा नम्बर १ स्थित कविलासा मावि, वडा नम्बर ८ स्थित आधारभूत विद्यालय गम्हरिया प्रवाहा र वडा नम्बर ६ स्थित इस्लामियाँ वीपी प्राविलाई क्वारेन्टिन बनाइएको छ ।

कन्त चन्द्र मावि पातोमा १०७ जना छन् । तर उनीहरुलाई सुत्ने राम्रो व्यवस्था समेत छैन । कक्षाकोठाका डेस्क, बेञ्चमै बस्ने र सुत्ने गर्नु परेको छ । उनीहरुलाई बिहान चिया बिस्कुट दिइन्छ भने खानाका लागि नगरपालिकाले दैनिक ३५० रुपैयाँका दरले नगद उपलब्ध गराएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी