कचनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा २ जनामा कोरोना संक्रमनको पुष्टि भएको छ । ३ दिन अघि सर्वोदय मावि क्वारेन्टाइनबाट ६८ जनाको स्वाव संकलन गरि धरान स्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो । ६८ जनाको पिसिआर टेस्ट गर्दा २ जनाको रिर्पोट पोजेटिभ आएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रामशेवक यादवले जनाएको छ ।
संक्रमणको पुष्टि भएका दुवै जनालाई क्वारेन्टाइनबाट आइसोलेसनमा पठाइएको संयोजक यादवले जनाएको छ ।
कञ्चनरुप नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा १ सय ५ जना रहेका छन ।
सप्तरीमा कञ्चनरुप नपामा २ जना, बर्साइन नगरपालिकामा २० जना, डाक्नेश्वरी नगरपालिकामा १२ जना, राजगढ गाउँपालिकामा १३ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना, राजविराज नगरपालिकामा १२, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ नगरपालिकामा १, विष्णुपुर गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, राजगढ गाउँपालिका १, तिरहुत गाउँपालिकामा १, खडक नगरपालिका १ र सुरुङ्गा नगरपालिकामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कुल कोरोना संक्रमितहरुमध्ये ५ जना महिला रहेका छन् । सप्तरीमा कूल संक्रमित संख्या १सय २ जना पगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ७ जना महिला र १ सय ६९ जना पुरुष गरी कुल १ सय ७६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा १८ जना, महोत्तरी जिल्लामा १२ जना, सर्लाही जिल्लामा १ सय २० जना, रौतहट जिल्लाका ११, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर २ मा कूल संक्रमितको संख्या १३२५ पुगेको छ ।