• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारतीय सुरक्षाकर्मीले नेपाली बस्तीमा डोजर चलाउने धम्की

img

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ को मनसुकी बस्तीमा आएर भारतीय सुरक्षाकर्मीले स्थानीयको घरमा डोजर लगाउने धम्की दिएका छन् । चार पुस्तादेखि बसोवास गर्दे आएका मनसुकी टोलका ३०० परिवार मुसहर समूदायको घर भत्काई दिने भारतीय सुरक्षाकर्मीले धम्की दिएको स्थानीइले बताएका छन् । केही समयदेखि बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीले पटक पटक दवाब दिँदै आएकोमा यतिबेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की दिएकाले आफुहरुको उठिवास हुने चिन्ताले पिरोलेपछि मिडियामा आएको स्थानीयले बताएका छन् ।

भूमिहिन मुसहर समूदायलाई अन्यत्र ओत लाग्ने ठाउँसमेत नरहेको तथा बन्दाबन्दीले अभावग्रस्त दैनिकी चलिरहेको बेला भारतीय सुरक्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन्। मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएका छन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी