सप्तरी । विकास निर्माणमा कार्यकर्ता पाल्ने मात्र होइन, आम जनता सहभागी हुने वातावरण पनि बनाऔं नाराका साथ कौशिकी जनहित समाज नेपालका युवाहरु द्वारा खबरदारी बिरोध कार्यक्रम सम्पन्न गरिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ भारदह बजारमा कार्यक्रम आयोजना गरि बजार भरी परिक्रमा गरी कोणसभामा परिणत भई कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बिभिन्न किसिमका नाराहरु प्रचार कम्पलेटहरु प्रयोग गरेका थिए ।
नारा र कम्पलेटमा उल्लेख गरिएको शव्दहरु :
यस्ता नाराहरुका साथ सयौंका संख्यामा उपस्थिति रहेका थिए ।
बिना कुनै सूचना र बिना कुनै नगर भेला नै नगरी उपभोक्ता समिति गठन गरि निर्माण कार्यहरू गरिरहेको विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
नगरपालिकाले संचालन गरेका आयोजनाहरु न कुनै सूचना र न कुनै नगर भेला, न कुनै वडा भेला आफनो राजी खुशि कतै वडा अध्यक्षको घरमा बसी त कतै नगर सदस्यको घरमा बसी उपभोक्ता समिति गठन गरेको पाइन्छ । यहाँ सम्म कि वैठकमा उपस्थिति नरहेका व्यक्तिलाई समेत समितिमा नाम समावेश गरिएको छ । तर त्यो व्यक्तिलाई जानकारी नै छैन ।
यसका बारेमा वडा कार्यालय र नगरपालिका कार्यलयमा पटक पटक सूचना माग गर्दा समेत सूचना उपलब्ध नगराएको युवाहरु गुनासो छ ।
खवरदारी सभामा बोल्दै सुरेन्द्र मण्डलले भन्ने नेपाल सरकारको संबिधान को धारा २७ अनुरुप सूचनाको हक एवम सूचनाहरुको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार वडा कार्यालय र नगरपालिका कार्यालयमा लिखितरुपमा सूचना माग गर्दा समेत नगर प्रमुख र वडा अध्यक्षले व्यवास्था गरी सूचना उपलब्ध नगराएको आरोप लगाएका छन । सूचना लुकाई लुकाई राख्ने र करोड रुपैयाका योजनाहरु अनियमिता गर्ने उद्देश्यले गोप्यरुपमा उपभोक्ता गठन गर्ने र कर्मचारीहरु, जनप्रनिधिहरु मिली कमिशनका माध्यले रकम सोवाहा गर्ने मनसाइ रहेका छन ।
खवरदारी सभामा अर्को युवा राजकिशोर मण्डल बोल्दै भन्ने यस नगरपालिकाका अधिंकाश उपभोक्ता समितिमा नातावाद, राजनैतिक कर्ता, पार्टीवाद, र कृपावादमा गठन गरिएको छ । एक समितिमा सचिव, एक समितिमा सदस्य र अर्को समितिमा अनुगमन सदस्य एकै जना तीन उपभोक्ता समिति समावेश रहेका छन । यसका बारेका बिरुध गर्दा हामीहरुलाई गाली गलोच समेत खेप्नु परेका छन । तर अव हामी सडकमा छौं हाम्रो बिरोध जारी छ । यस्ता किसिमको कार्य रोक्न समेत युवाहरु आहवान गरेका छा ।
नेपाल सरकारको संविधानमा प्रष्टरुपमा उल्लेख गरिएको कुराहरु र संबिधान भएका व्यवस्थाहरु लाई यसरी स्थानिय तहका सरकार र जनप्रतिनिधिहरुले धजिया उडाएकोमा प्रदेश सरकार र संघिय सरकार के गर्दे छ ।
नेपालका संबिधानमा तीन तहका सरकारको व्यवस्था गरी आम जनताको आफनो मैलिक हक र उपयोग गर्ने व्यवस्था गरेको छ । जनताको घरघरमा सिंहदवारको अधिकार पुर्याएर बिकास र समुद्धि अनुभुति दिलाउने जिम्मेवारी पाएका नगरप्रमुख र जनतिनिधिहरुको यस्ता कर्तृत रवैया प्रति के भनु हुन्छ ।
आम नागरिकका प्रतिनिधिले कर्मचारीको मिलोमतोमा कमिशन र रकम अनियमिता गर्ने मनसाइ बोकेका नगर रक्षकले के जनतालाई सुख सुविधा दिनसक्छ । जनताका रक्षक नै भक्षक भए भने आफनो इच्छा र अहंकारमा लिप्त भएका व्यक्तिले नगरपालिकालाई नै प्रदुषित बनाउने छ । त्यसैले आम नागरिकलाई सचेत हुन आवश्यक छ ।