• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५९१ जना पुग्यो, निको ११५८ जना

img

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार पाँच सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा दुई जना, धरानमा भएको परीक्षणमा चार जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, वीरगञ्जमा भएको परीक्षणमा दुई जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा तीन जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा एक जना, रुपन्देहीमा भएको परीक्षणमा चार जना, सुर्खेतमा भएको परीक्षणमा नौ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा एक सय १४ जनामा कोरोना पुष्टि भएको हो ।

मङ्गलबार थप एक सय १७ जना गरी आजसम्म एक हजार एक सय ५८ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

आजसम्म पीसीआर विधिबाट एक लाख ४३ हजार सात सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट दुई लाख २३ हजार पाँच सय १९ र पछिल्लो २४ घण्टामा चार हजार एक सय ८३ जनाको आरडीटी परीक्षण भएको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी