• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जनप्रतिनिधिहरुले मनमानी ढंगले विकास कार्य गरेकोमा, युवाहरु आन्दोलित

img

भारदह । बिकास निर्माण कार्य ठेकेदार मोटाउने साधन होइन, रोजगार बढाउने अवसर बनाऔं भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका युवाहरु धर्नामा बसेका छन ।

युवाहरु द्वारा पटक पटक लिखितरुपमा सूचना माग गर्दा समेत नगरपालिकाले उपलब्ध नगराइ पछि आन्दोलित भएका छन ।

बिकास निर्माण कार्य अपारदर्शि ढंगले नगरेकाले युवाहरु वडा कार्यालय र नगरपालिका कार्यालयमा सूचनाको हक अधिकार प्रयोग गरी उपभोक्ता समितिको निर्णय प्रतिलिपि र गठित समितिको नामावाली माग गरेका थिए । तर नगरपालिका दिन असक्षम भएपछि युवाहरु चरण बध आन्दोलन गर्न बाध्य भएका छन ।

युवाहरु द्वारा गठित संस्था कौशिक जनहित समाज नेपालका अगुवाहरुले जनप्रतिनिधिहरुले आफनो नातागोता र आसेपासेको उपभोक्ता समिति गठन गरेर मनमानी ढंगले गुणस्तरहिन समाग्रीहरु प्रगोग गरी बिकाशिय काम काज थालिएले युवाहरु झन आक्रोशित बन्नेका छन ।

उपभोक्ता समिति गठन गरेतापनि समितिले ठेकेदार प्रयोग गरी काम काज गरी रहेको आरोप युवाहरु लगाउछन । जव ठेकेदारहरु प्रगोग गरेर नै काम काज गर्ने हो भने किन उपभोक्ता समिति गठन गरियो । कमिशनको लोभमा उपभोक्ता समितिले न कुनै कार्य योजना वोर्ड र नकुनै अनुगमन गर्ने व्यक्ति न राखी ठेकेदारहरुलाई कार्य गर्न दिएको राजेश कुमार मण्डलको आरोप छ ।

बिकास कार्यमा चोरी होइन पारदर्शिता कायम गरौ समाजको विकासमा युवालाई सहभागीता गराउ, जनश्रमदान लिई सरकार समाजलाई सहयोग पुरयाउनुको साटाृे चोर वाटो प्रगोग गरी कमिशनको चलखेलमा बिकाश कार्य लथालिङ्ग बनाउने कार्य नगरौं, सूचानाको हक अभिकार कायम गर संस्था अध्यक्ष सुरेन्द्र कुमार मण्डल बताउछन ।

वडा नं १मा अधिंकाश योजनाहरु प्रदेश सरकारको मन्त्रालयवाट रकम आएको छ जसमा पार्टीका कार्य कर्ताहरु र आसेपासेको उपभोक्तामा संचालित छन तर कुनैमा सूचना वोर्ड लगाएको छैन । के कति रकम छ र कुन कामका लागी रकम आएको वडा अध्यक्षलाई समेत जानकारी नरहेको युवाहरुको गुनासो छ ।

सूचना सम्बन्धि हक अधिकार आम जनता सम्म पुरयाउने संबिधानमा व्यवस्था भएतापनि रकम दुरुउपयोग गर्ने मनसायले नगरपालिकाले सूचना उपलब्ध नगराएको आरोप प्रति वडा अध्यक्ष भिमराज भण्डल बताउछन ।

वडा कार्यालयबाट उपलब्ध हुने खालका सवै सूचनाहरु उपलब्ध गराइको छु । ‘यता केही नगरपालिका र प्रदेश सरकारको योजनाहरु पनि सञ्चालित छन, ती कतिपय योजनाहरुबारे आफुहरुलाई नै जानकारी छैन्’ उनले भने–‘ती योजनाहरुको सूचना उपलब्ध गराउन सकिएन् ।’

img

Share:
img

ताजा अपडेट

क्याटोगरी