भारदह । सप्तरीमा अबैध मदिरा ३०० लिटर नष्ट गरेका छन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह स्थित रहेका इलाका प्रहरी कार्यालय भारदहले अबैध मदिरा नष्ट गरेका छन । नगरपालिका भित्र रहेका बजारवाट मदिरा पसल र अबैध रुपमा मदिरा ओसारपोसार गरी रहेका व्यत्तिहरु वाट मदिरा पक्राउ गरी नष्ट गरिएका छन ।
इलाका प्रहरी कार्यालयका प्रमुख धन बहादुर खडका लगाइतका गस्ती टोलीले रातीका समयमा मदिरा ओसारपोसार गर्ने वाट मदिरा पक्राउ गरी नष्ट गरिएको छ ।
स्थानिय वडा अध्यक्ष ,नागरिक समाज र पत्रकारहरुको रोहवरमा मदिरा नष्ट गरिएको छ ।
बन्दाबनदीका कारण बजारमा व्यापरुपमा मादिरा ओसारपोसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी टोलीका अगुवाइमा बजारमा छापामारी गरी मदिरा बरामत गरेका थिए ।
सो मदिरा नष्ट गरिएको हवल्दार दुर्गा श्रेष्टले जानकारी गराएका छन ।