सप्तरी । दिन भरी करायो दछना हरायो जस्तै असारे विकासको हाम्रो प्रवृत्ति आजको होइन, वर्षौँ पुरानो हो । वर्षभरी बजेट खर्च नहुने अनि वर्षको अन्त्यमा हतारहतार बजेट सक्न प्रवृत्ति हाम्रोजस्तो मुलुकका लागि नौलो होइन । काम नगर्ने मात्रै होइन, भएको कामको भुक्तानीलाई पनि असार मसान्तसम्म झुलाउने प्रवृत्ति समेत विगतमा व्यापक देखिन्थ्यो । सोही कारण असार लागेपछि चालु र पुँजीगत खर्च ह्वात्तै बढेर जान्थ्यो । तर, यो वर्ष अवस्था अलिक फरक छ । नातागोता र पाटीवाद सिंद्धानतमा योजनाहरु संचालित छन । यसैको बिरोध मा १५ दिन देखि हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ भारदहका युवाहरु र कौशिक जनहित समाज नेपालका अगुवाहरु चरण बध आन्दोलन गरिरहेका छन ।
युवाहरु द्वारा वडा कार्यालयमा तालाबन्धी समेत गरेतापनि माग गरेका सूचनाहरु र उपभोक्ता समिति का निर्णय उपलब्ध हुन सकेका छैन ।
नगरप्रमुख शैलेश कुमार साह र ५ वडाका कार्यालयका वडा अध्यक्ष लगाइत प्रशासन अधिकृत सुरेन्द्र कुमार यादवले समेत युवाहरुको माग पुरा गर्नसकेका छैन । वडामा लागेका ताला खोलाउन सकेन आखिर किन ?
युवाहरुको प्रश्नमा नगरप्रमुख किन चुपि साधेको र सवै योजनाहरु प्रदेश सरकार र संघियसरकार हो हामीलाई जानकारी छैन भने स्थानीय तहको सरकार भए र हामीलाई थाहा छैन भने कतिको ओचित कुरा हो । यस्ता किसिमको आरोप युवाहरु नगरप्रमुख माथि लगाउदै तालाबन्धी कार्यक्रम जारी राखेका छन ।
वर्तामा धैरे कुराहरु बिषय बस्तु ल्याएपनि सूचनाको हक सम्बन्धमा नगरप्रमुख अव देखि सूचना पूर्णरुपमा प्रकाशित गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । र आउने आर्थिक बर्षामा डिजिटल रुपमा १४ वडाका सूचना उपलब्ध हुने जानकारी दिए ।
नगरप्रमुखले सांसदहरु माथि गभिर आरोप लगाउदै भने संसदले कुनै उपभोक्ता समितिलाई तोकलगायो भने सोही उपभोक्ताले काम गर्ने अधिकार गलत हो सोहीअनुरुप कामकाजको जानकारी हामीलाई नभएको प्रष्ट पारेका थिए ।