• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नागरिकता बिधेक बिरुध भैंसी जुलुस

img

सप्तरी । सप्तरीमा बिभेदकारी नागरिकता बिधेक बिरुधमा आज भैंसी जुलुस निकालेका छन । जनमत पार्टीले नियमित आन्दोलनको क्रममा १३ औं दिन भैसी जुलुस निकालेका छन । नागरिकता बिधेक खारिज गर, महिला अधिकार कायम गर नारा साथ आन्दोलित कार्यकर्ताहरु सरकार विरोध प्रर्दशन जारी राखेका छन ।

आज भैसी जुलुसमा सरकारलाई भैसी भन्दै सम्बोधन गरी प्रर्दशन गरेका छन । सरकार भैंसी झै सुतेकाले सरकारलाई जगाउनका लागी आज भैंसी जुलुस गरेका आन्दोलन संर्घष समितिका संयोजक शंकर खडगा बताउछन ।

सरकारले महिला अधिकार माथि खेलवाड गरेकाछन । मधेशी समुदायका महिलाका अधिकार कुलचिने कार्य गरेका छन । नागरिकता बिधेक ल्याएर मधेशी महिलाहरु माथि दमन गर्ने कार्य सरकारले गरेका छन । त्यसका बिरोधमा हामी १३ दिन देखि आन्दोलन गर्दे आएका छौ तर सरकार भैसी झै कानमा तेल लिएर सुती रहेकाछन । आज भैंसी सडक आएका छन भोली सरकार पनि सडक आउने छन भने संयोजक खडगा बताउछन ।

सरकारले नागरिकता बिधेक ल्याएर नेपाल भारतको रोटी बेटीको सम्बन्धलाई सखाप पार्ने चेलखेल गरेका छन । बिगत देखी को सम्बन्धलाई आफनो शवार्थ परिपुर्तिका लागी छिमेकी राष्ट्रिय भारत सँग मधेशी समुदायको छोरा छारीको बिहे नहोस मनसाइले यस्तो बिधेक ल्याएको युवा नेता गुलाव कुमार मण्डलले सरकार माथि गम्भिर आरोप लगाउछन । सरकारको यस्ता किसिमका क्रियाकलाप रोक्न र नागरिकता बिधेक खारिज गर्न माग गरेका छन ।

चरण बध आन्दोलन जारी छ । अव पनि सरकारले नागरिकता बिधेक खारिज गर्दे भने कडा भन्दा कडा आन्दोलन गर्ने र देशमा आगो बल्नै छ भने बिद्यार्थी संघका युवा अमित मण्डलले चेतावनी दिएका छन ।

img

Share: