• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

नेकपा स्थायी कमिटीको बैठक २४ गतेसम्म स्थगित

img

काठमाण्डौं । नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ ।
नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असार २४ गते ११ बजे बैठक बस्ने जानकारी दिएका छन् । आज बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरिएको हो ।

नेकपामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र अर्का अध्यक्ष केपी शर्मा ओलीबिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला समाधानका लागि बैठक डाकिएको थियो ।
प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ ।
पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।

img

Share: