• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन

img

काठमाडौं । सरिता गिरीलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय समाजवादी पार्टी नेपालले गरेको छ। नेता रामसहाय प्रसाद यादव नेतृत्वको छानबिन समितिले दिएको सिफारिसका आधारमा पार्टी पदाधिकारी बैठकले कारबाही गरेको हो।

पार्टीको निर्देशन विपरीत लिम्पियाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई सांसद र पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएपछि उनले संसद र संसद बाहिर पनि त्यसको विरुद्ध अभिव्यक्ति दिँदै आएकी थिइन्।

समाजावदी पार्टीको समानुपातिक खस आर्य कोटाबाट गिरी सांसद भएकी थिइन्। उनी वैवाहिक अंगीकृत नागरिक हुन्।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी