• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीका अधिंकाश ठाउँ डुवानमा, ईलाका प्रहरी कार्यालयमा पानी प्रवेश

img

सप्तरी । अबिरल बर्षाका कारण मधेशको विभिन्न जिल्लाहरु डुबानमा परेको छ । आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले मधेशको विभिन्न जिल्लाका सदरमुकाम सहित ग्रामिण भेकहरु जलमग्न भएको छ ।

अबिरल बर्षाले सप्तरीको सदरमुकाम राजविराज सहित प्रदेश नं. २ को अन्य जिल्लाहरु समेत डुबानमा परेको छ । उक्त जिल्लाहरुको विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले राजविराज सहित प्रदेशका विभिन्न जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कंचनरुप र हनुमाननगर कंकालिनी नगरपालिका स्थानिय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । हनुमाननगर कंकालिनी नगरभित्रै पनि पानीको उचीत निकास नभएकोले घरहरुमा पानी पसको छ ।
स्थानिय तहमा रहेका ईलाका प्रहरी कार्यालय भारदह पनि डुवानमा परेका छन ।


सप्तरीको ग्रामिण भेकमा किसानहरुले रापेको धानबाली पनि डुबानमा परेको छ । जिल्लाको विभिन्न ठाउँहरुका किसानहरु मार्कामा परेका छन् । नदीहरुमा पानीको बहाब उच्च भएपछि खेत, खलियान, घर, गाउँ सबै डुबानमा पर्न थालेको छ ।

तर, प्रदेश सरकार र स्थानीय सरकारले पुरानै रबैया दोहरयाउने नियत देखिएको छ । बाढी पछि हुने अपूर्णिय मानवीय र भौतिक क्षतिपछि राहत दिने र सोही राहतको नाममा करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने प्रवृतिलाई निरन्तरता दिने सँकेत देखिएको छ ।

प्रत्येक वर्ष आउने बाढीलाई मध्यनजर गर्दै दीर्घकालिन योजना नै नबनाएर माटो, गिटी हालेर जनतालाई भुलाउने गरेको छ । सोही खण्डमा आउने बाढीले कैयौँ जनाको ज्यान गएको छ भने कैयौं विस्थापित हुने गर्दछ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी