सप्तरी । आज साउनको पहिलो सोमबार र सोमबारे औंसीले भएकाले अधिंकाश शिव मन्दिरमा श्रद्धालु भक्तजनको भिड भाड बढेका छन । कोभिड–१९ को महामारीका कारण बन्द गरिएको मन्दिर तथा देवस्थलखुला नगर्ने भनेतापनि सप्तरीका मन्दिरमा दर्शनार्थीहरूको भिड लागेको छ ।
साउनको पहिलो सोमबार श्रद्धालुले सम्भुनाथ मन्दिर र बलुवाको शिव मन्दिर लगाइतका शिव मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको भिड बढेका छन ।
हिन्दु शास्त्रमा सोमबारे औंसीको महत्व धेरै रहेको बताइएको छ । त्यसैमाथि साउनकै सोमबार औंसी परेपछि यस दिनको झनै महत्व थपिएको छ । साउने झरीमा रुझ्दै त कोही छाताको साहारामा मन्दिर पुगेका दर्शनार्थीहरूकोे भिड देख्न सकिन्थ्यो ।
पितृहरूको पर्वको रुपमा रहेको औंसी पर्व सोमबार परेमा त्यसलाई महत्वपूर्णको रूपमा यस दिन नबोली नुहाउनु पर्ने विश्वास छ ।