सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा सुरु भएको छ।
जिल्ला सुरक्षा समितिको वुधवार वसेको वैठकको निर्णय अनुसार राजविराज नगर क्षेत्रभरी निषेधाज्ञा जारी गरिएको हो । ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि समुदायमा कोरोना फैलिन नदिन यस्तो निर्णय गरिएको हो।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ वमोजिम राजविराज नगरपालिका भरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
आदेश जारी भएपछि विहानै देखि वजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। वजार पसल वन्द भएका छन् भने मानिसको चहलपहल हटेको छ । एम्वुलेन्स र फाट्टफुट्ट मोटरसाईकल वाहेक यातायातका अन्य साधन ठप्प छन। कर्मचारी, विरामी तथा अत्यावश्यक काममा निस्किएका ब्यक्ति वाहेक सर्वसाधारणको हिडडुल पुर्णतया रोकिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अत्यावश्यक काममा रहेका सर्वसाधारणलाई अवरोध नगरीएको इन्स्पेक्टर सन्तोष खड्काले वताए । अवस्था सामान्य रहेको उनको भनाई छ ।
औषधी पसल, खाद्यान्न, फुलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्वन्धि सेवारमालसमान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, वैंकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन वर्कशप जस्ता अत्यावश्यक सेवाहरु वाहेक अन्य सेवा/स्थलहरुमा अनावश्यक आवत जावत, हिडडुल नगर्न/नगराउन प्रशासन कार्यालयले जारी गरको निशेधाज्ञामा उल्लेख छ।
आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन वमोजिम कारवाही गरीने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए वमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्वन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्नरगराउन जानकारी गराईएको छ । अन्यथा प्रचलित ऐन, नियम कानुन वमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।
सप्तरीमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय ८ पुगेको छ । विहिवार विहान तिलाठि कोइलाडि गाउँपालिकाका ४२ वर्षिय पुरुष, वडा नं। १ का २९ वर्षिय पुरुष, वोदेवरसाईन नगरपालिकाका ३३ र २८ वर्षिय पुरुषको रिपोर्ट पोजेटिभ आएपछि संख्या थपिएर ४ सय ८ पुगेको हो ।