• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेन

img

राजविराज। आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन । आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन् ।

बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि महिलालाई असोज २ गते राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।

अस्पतालले उनलाई निमानियाँ भएको आशंकमा प्रिआईसोलेसनमा राखि उपचार सुरु गरेको थियो । असोज ३ गते स्वाव संकलन गरी परिक्षण गर्दा ४ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीतकुमार झाले जानकारी दिए ।

मृतक महिलाको शव बाहिर राखेको र तत्कालै व्यवस्थापन नगर्दा पानीमा भिजिरहेको छ । यहाँ आइतबार रातदेखि नै वर्षा भइरहेको छ ।

शव खाना खानो ठाउँ नजिकै राखिएका कारण आइसोलेसनमा भर्ना भएका अधिकांश कोरोना संक्रमितले खाना समेत नखाएको आइसोलेसनमा बसेका संक्रमितहरुले बताएका छन् । एक संक्रमितका अनुसार खाना खाने ठाउँदेखि २० मिटरको दूरीमा शव राखिएका कारण रातिदेखि नै धेरै मान्छेले खाना खाएका छैनन् ।

खाना खाए स्थल नजिकै संक्रमितको शवलाई राखेपछि संक्रमितहरुले अहिले आइसोलेसन केन्द्रमा नाराबाजी गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय पालिका प्रमुखले ध्यान नदिएका कारण शव व्यवस्थापनमा ढिलो भएको स्वीकारे ।

img

Share: