सप्तरी । डिभिजन वन कार्यालय कञ्चनपुरले सोमवार अवैध वालुवा ओसार–पसार गरेको आरोपमा एउटा ट्रयाक्टरसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
कञ्चनरुप नगरपालिका स्थित पौडा खोलाबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । अबैध रुपमा बालुवा निकासी गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ ।
सुराकीको आधारमा शनिबार राती १२ बजे उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला वन अधिकृत संतोष झाले जानकारी दिए ।
केही दिन यता चोरी तस्करी वढेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि डिभिजन वन कार्यालय सप्तरी र सव वन डिभिजन कार्यालयहरु मार्फत गस्ति वढाईएको झाले जानकारी दिएका छन् ।