• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा

img

काठमाडौं । नेपाल प्रहरीका ४८८ जना प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ५ असोजको निर्णयबाट इन्स्पेक्टरहरुको सरुवा भएको हो ।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीकै पालामा इन्स्पेक्टर सरुवा गर्ने प्रयास गरिए पनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालबीच मतभेदका कारण रोकिएको थियो । थापाको समयमा पनि तीब्र दबाबका कारण लामो समय रोकिएको निरीक्षकको सरुवा सोमबार भएको हो ।

सरुवा सूची अनुसार महानगरीय प्रहरी प्रभाग, बुढानीलकण्ठमा राजकुमार तामाङ, साँखु प्रभागमा जानुका देवी खरेल, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपमा चन्द्रकिशोर शाह र इलाका प्रहरी कार्यालय खानीखोलामा रुपा थापा पठाइएका छन् ।

Click to access Insp-transfor-2077-06-05.pdf

img

Share: