• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

५० वर्षीया महिलाको हत्या आँखा फुटाइएको र कान काटिएकाको अवस्थामा

img

भारदह । सप्तरीको तिरहुत गाउँपालिकामा –२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ ।

५० वर्षीया दयामनदेवी यादवको शव उनकै घरमा फेला परेको छ।

घाँटीमा डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाको अवस्थामा शनिवार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरी जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, हालसम्म कुनै प्रगति देखिएको छैन । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेश सिंहले गरिरहेका छन् । अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जनाईएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्ट मार्टम गरिएको छ । गाउँदेखि अलग्गै स्थानमा रहेको घरमा एक्लै बस्दै आएकी महिलाको हत्या नै भएको कोणवाट अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

घट्ना अनुसन्धानकै प्रकृयामा रहेको र हालसम्म संलग्नको पहिचान नखुलेको डिएसपी सिंहले वताए ।

img

Share: