• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

कोरोना संक्रमण कारण सप्तरीमा पुनः एक जना पुरुषको मृत्यु

img

राजविराज । सप्तरीमा पुनः कोरोना संक्रमणका कारण एक पुरुषको वुधवार विहान धरानमा मृत्यु भएको छ ।

अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ घर भई राजविराज नगरपालिका ४ मा वस्दै आएका ३९ वर्षिय पुरुषको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत असोज १ गते उनले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना जाँच गराएका थिए ।

सोहि दिन कोरोना रिपोर्ट पोजेटिभ आएका उनलाई उपचारका लागि कोभिड अस्पतालमा सारिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ।

img

Share: