कचनरुप । सप्तरीमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको एक हात्तीको गए राति करेन्ट लागेर ज्यान गएको छ । कञ्चनरुप नगरपालिका–५ पडेमारामा ३३ हजार केवी हाईटेंशन तारमा छोएर हात्तीको ज्यान भएको हो ।
आरक्षबाट समूहमा निस्केका हात्तीले पोलमा शरीर घिंसारेपछि पोल भासिएर करेन्ट लागेको हुनसक्ने कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा सुनसरीका प्रमुख चन्द्रशेखर चौधरीले जानकारी दिए ।
मरेको हात्ती हेर्न सर्वसाधारणको भिड लागेका कारण कञ्चनपुर–फत्तेपुर सडक खण्ड अवरुद्ध भएको छ ।
सो स्थलमा कुशहा गणका नेपाली सेना, ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी, कोशी टाप्पु वन्यजन्तु आरक्ष कार्यालय कुशहा र जिल्ला वन कार्यालयका कर्मचारी पुगेर सर्वसाधारणको भिड र हात्ती व्यवस्थापन कार्य थालेका छन ।