• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

कमेडियन भारती सिंह र उनका श्रीमान् हर्षले गाँजा सेवनमा पक्राउ

img

एजेन्सी । कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् ।

कॉमेडियन भारती सिंह के फ्लैट से मिला गांजा, मुंबई में NCB की तीन जगह  छापेमारी - ncb raid comedian bharti singh found gaanja summoned with  husband harsh durgs case tmov - AajTak

भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा रहेको घरमा एनसीबीले छापा मारेको थियो ।

एनसीबीले भारतीको घरबाट ड्रग्स बरामद गरेको थियो । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउड कलाकार एनसीबीको निशानामा परेका छन् । यसअघि नायक अर्जुन रामपाल पनि ड्रग्स सेवनको आरोपमा एनसीबीको कार्यलयमा बयानका लागि पुगेका थिए ।

नायिकाहरु दीपिका पादुकोण, साराअली खान, राकुल प्रित सिंह, श्रद्धा कपुर, रिया चक्रवर्तीलाई पनि एनसीबीले ड्रग्सको मुद्दामा सोधपुछ गरिसकेको छ ।

img

Share:
Tags