• img
  • img
img img img
Categories
अन्तर्राष्ट्रीय समाचार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चिनियाँ राजदूत हाउ याङ्छी भेटवार्ता

img

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद र आसन्न चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका बारेमा छलफल भएको बुझिएको छ । चिनियाँ रक्षामन्त्री वइफेङ्हे यहि मंसिर १४ मा नेपाल भ्रमणमा आउँदैछन् ।
चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई लिएर आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका थिए ।

img

Share: