• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदर्शनकारी र प्रहरीबीच झडप, स्थानीय प्रशासनले बिहिवार ६ बजे सम्म निषेधाज्ञा जारी

img

महोत्तरी । बर्दिबासका स्थानिय प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो। प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ ।

मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

img

Share: