• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

मधेशका बिभिन्न जिल्लामा रंगभेद बिरुद्धको एकता दिवस मनाइदैं

img

सप्तरी । मधेशका बिभिन्न जिल्लामा रंगभेद बिरुद्धको एकता दिवस मनाइएको छ ।
जनमत पार्टी डा. सिके राउतका पक्षधरहरुले बिभिन्न कार्यक्रम गर्दे प्रदेश नं.२ मा बिशेष सभा गरी मनाइएको छ ।

६ बर्ष अगाडी काठमाण्डौंमा मधेशीहरुलाई रंगभेदका आधारमा पक्राउ गरी यातना दिएकाले प्रत्येक बर्ष मंसिर १० गते रंगभेद बिरुद्धको एकता दिवस मनाइन्छ ।

डा. सिके राउतको नेतृत्वमा आयोजना भएको सभा वाट बिभिन्न स्थानवाट करिब ६ सय मधेशीहरुलाई पक्राउ गरिएको थियो ।

आज मंसीर १० गते रंगभेद बिरुद्धको एकता दिवस अवसरमा सप्तरीका भारदह, राजविराज, हनुमाननगर ,कंचनपुर रुपनी लगाइत स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जनमत पार्टीका कार्यकर्ता गुलाव मण्डलले जानकारी गराएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकामा कार्यक्रम आयोजना गरी रंगभेद बिरुद्धको एकतामा सवैलाई सहभागी गरी आपसी एकता कायम गरी
रंगभेद विरुद्ध एकता दिवस आ–आफ्नै ठाउँमा (घर/वडा/टोलमा) नै भौतिक दूरीसहितका स्वास्थ्य सतर्कताहरू अपनाई सांकेतिक रुपमा नै मनाउन समेत आग्रह गरेका थियो ।

img

Share: