• img
  • img
img img img
Categories
राष्ट्रीय विजनेश समाचार

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पद शेखर गोल्छाले कार्यभार सम्हाले, कुल ६४ पदका लागि निर्वाचन भएको थियो

img

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सबै समुहको सबै पदको मतपरिणाम आएको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । सो पदका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मतपरीणाम अनुसार सबै पदहरुमा मिश्रित नतिजा आएको छ । मुख्य ४ पदमा ढकाल समूह र प्रधान समूहका २र२ जना उम्मेदवार विजयी भएका छन् ।अन्य पदहरुमा पनि मिश्रित नतिजा देखिएको छ ।

शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हालेका छन् । आइतबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको शपथ ग्रहण समारोहपछि अध्यक्ष गोल्छाले पदभार ग्रहण गरेका हुन् । उनलाई निवर्तमान अध्यक्ष भवानी राणाले पदभार हस्तान्तरण गरेकी थिइन् ।

img

Share: