• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

धामीझाँक्रीको भूत मेलाः कमला नदीको दृश्य

img

लहान । प्रत्येक वर्ष झै यस वर्ष पनि कमला नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र साडीमा सजिएका धामी–झाँक्रीहरु हातमा बलेको आगोसहितको माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै कर्कश स्वरमा चिच्यउँदै यहाँ आउने गर्दछन् ।


पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी’ यसरी आ–आफनो देवताहरुको नाम जम्प्दै नयाँ धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोलपिपहीजस्ता बाजाको तालमा भक्तहरु कर्कश स्वरमा कमला नदीमा सपथ ग्रहण गर्न पुगेका हुन् । सूर्योदयसँगै सोमबार बिहानै हजारौँ नव धामीझाँक्री सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीको पवित्र जलमा डुबुल्की लगाइ गुरुहरुद्वारा शपथ लिने काम सम्पन्न भएको छ । आइतबार रातिबाटै कमलानदी किनारमा भूत खेल्नेहरुको घुइँचो लागेको थियो ।
आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थानीयवासका लागि कात्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री कमला नदीको पवित्रजलमा स्नानगरी सपथका लागि आएका हुन । कमला नदीमा आएर सपथ लिए पश्चात नव धामीझाँक्रीहरु पाको हुने जनविश्वास गरिन्छ ।

‘विवाह गरेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म बच्चा जन्माउन सकेकी छैनन्, दिनदिनै भूत पनि खेल्छे,’ आफ्नी २५ वर्षीया बुहारी सोनिका देवीलाई डोर्याएर कमला नदी किनारमा आएका भारत धनडढीमाई –९ की ५० वर्षिया सासू दुलारीदेवी रामले भनिन्, ’कुन जोगिया (भूतप्रेत पाल्ने) ले जादु टुनामुना गरेको छ त्यही देखाउन ल्याएको ।’
भगताले झारफुक गरेर बच्चा हुन्छ त रु भन्ने प्रश्नको जवाफमा ती वृद्धाले भनिन्, ‘मेरी जेठी बुहारीलाई कमलामाईकी कृपाले छोरा भएको छ, त्यही विश्वासले आएकी हु ।’

विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वोत्तम मानिन्छ । यस अवधिमा सिकारु धामी र बोक्सीहरु रातिराति आ–आफना गुरुसँग मन्त्र सिक्छन्, कालीपूजा अर्थात अमावस्यको राति सिद्धि गर्छन् । रामभरोषी यादव

img

Share: