• img
  • img
img img img

img

भारदह । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन ।

सघन सहरी विकास तथा भवन निर्माण योजना सप्तरीको लागतमा रु. २,५३,०००००।– मा उक्त भवनको निर्माण गरिएको छ । समुदघाटन गर्दे मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत दिनुभयो ।

वडा अध्यक्ष नागेश्वर मण्डलको अध्यक्षतामा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिति सभापति प्रभाकर यादव, ज. स. पा. केन्द्रिय सदस्य जयप्रकाश ठाकुर,पुनम कुमारी यादव, हनुमानगर कंकालिनी नगरपालिका सप्तरीका उपप्रमुख सरिता देवी यादव लगायतको सहभागीता रहेको थियो ।
सो समारोहमा मन्त्री साहले जग्गा दाता शैलेन्द्र चन्द्र झाको दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । कार्यक्रममा वक्ताहरु डा. जयनारायण मण्डल, राजनीतिक विश्लेषक देवेश झा, पूर्व माननीय नागेन्द्र झा, जिल्ला समन्वय समितिका सभापति प्रभाकार यादव, उपमेयर सरिता देवी यादव, जसपाका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले नवनिर्मित स्वास्थ्य चौकीमा सडकको निर्माण सम्बन्धमा धारणा राखेका थिए ।

img

Share: