• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला

img

सप्तरी। बिगत नौ महिना देखि बन्द रहेका हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो राष्ट्रपति बिद्यादेवी भण्डारीले (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।

नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेको पशुपति क्षेत्र स्थानीयहरुले जनाएको छ ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।

मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।

img

Share: