• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदेश २: नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल हुने

img

सप्तरी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भए पश्चात पहिलोपटक सो पार्टीको प्रदेश नम्बर २ संसदीय दलको बैठक बस्ने भएको छ ।

प्रदेश २, प्रदेशसभाका संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षले बैठक बोलाएको जनाइएको छ ।

प्रदेशसभा सदस्य शत्रुधन महतोले दिएको जानकारी अनुसार संसदीय दलका उपनेता रामकुमार यादव समक्ष संसदीय दलका नेता मण्डलविरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्तावपत्र अनुसार मंगलबार संसदीय दलको बैठक बोलाइएको हो ।

संसदीय दलका नेता मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षका १९ जना सांसदले अविश्वासको प्रस्तावमा दर्ता गराएका थिए । सो पक्षले अविश्वास प्रस्ताव सहजै पारित हुने अवस्था रहेको दावी गरेको छ ।

img

Share: