• img
  • img
img img img
Categories
विचार समाचार

केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा

img

सप्तरी । आज जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवमं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा परेको बताएका छन । एक ट्वीट गर्दे पूर्वप्रधानमन्त्री भट्टराईले जिन्दगी भरको मेहन्त खेर जान लागेकोमा दुःख व्यक्त गरेका छन ।

Image

वर्तमान सरकारको अवस्थालाई देखाउदैं नेता भट्टराइले प्रधानमन्त्रीलाई कुपुत्र र राष्ट्रपतिलाई कुपुत्रीका संज्ञा दिएको भावना ट्वीट गरेका छन । उनीहरुकै कारण गणतन्त्र धरापमा परेको भन्दै खरानी लिन दौडने व्यक्तिहरु यिनै नेताका कार्यकर्ता भएको संकेत गरेका छन ।

उनले ट्वीटमा भनेका छन एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहन्तले संघीय लोकतान्त्रिक गणतन्त्रको घर बनाइयो । सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुन्ते झगडामा घरमै आगो लगाइदिए ।

आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागी दौडिरहेको तर्क गरेका छन । त्यस्तै छिमेकी रमिते बनेको कारण उनले लौन आगो निभाउँ भन्दै आपनो बिचार राखेका छन ।

यसरी सकमाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री डा. भट्टराईल लेखेका छन ।

 

img

Share: