• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदै,

img

काठमाण्डौं । आजदेखि राष्ट्रियसभाको आठौं अधिवेशन सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आज दिउँसो ४ बजे आठौं अधिवेशनको पहिलो बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।

संवैधानिक परिषद् र सपथसम्बन्धी अध्यादेशलाई सम्भावित कार्यसूचीमा राखिएको छ ।

राष्ट्रियसभाको फाइल फोटो
राष्ट्रियसभाको फाइल फोटो

आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन)लगायत विभिन्न अध्यादेश पेश हुने जनाइएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले यसअघि नै बैठक सञ्चालनबारे विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग परामर्श गरेका थिए ।

img

Share: