• img
  • img
img img img
Categories
समाचार सुचना प्रविधि

बन्द रहेको आन्तरिक उडान खुलेको छ । शुरूआतमा दैनिक ६४ उडान हुने

img

सप्तरी । बिश्व भरी कोरोनाको दोस्रो लहरसँगै नेपाल सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ ।

आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सका ७, सौर्यको ३ सहित ८ एयरलाइन्सले दैनिक उडान भर्नेछन् ।

सञ्चालन गर्न लागिएको उडान निषेधाज्ञाअघि भइरहेको कुल क्षमताभन्दा ५० प्रतिशतले कमी हो । निषेधाज्ञाअघि गत वैशाखमा दैनिक १ सय ३० आन्तरिक उडान हुँदै आएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ला गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सबै स्वास्थ्य मापदण्ड अपनाएर उडान सञ्चालन गर्ने हवाइ उडान कम्पनीहरुले जनाएका छन् । बुद्ध एयरका अधिकृत गणेश ढकालका अनुसार एयरलाइन्सले मापदण्ड पालनाका लागि सबै सचेतना अपनाएको छ ।

img

Share: