• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भोली देखि बन्द रहेका सार्वजनिक सवारी साधनहरु सप्तरीमा सञ्चालन हुने

img

राजविराज । सप्तरीमा कोरोना भाइरस महामारीका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरु पनि सञ्चालनमा आउने भएको छ । आज (विहिबार) बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट सो निर्णय गरिएको हो ।

सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा जारी

जिल्लामा कोभिडको संक्रमण दर घट्दो देखिएकाले केही दिनअघि मात्रै निषेधाज्ञा खुकुलो गरी भीडभाड नहुने गरी सबै सरकारी र सार्वजनिक संस्थानहरु सञ्चालनमा ल्याइएको छ भने भोली (शुक्रवार)बाट सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सवारी सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्व पालना गर्न सूचनामा भनिएको छ । ‘मिति २०७८÷३÷१८ गतेदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारीका साधन बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन र निजी सवारी साधन स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्ने गराउने गरी सञ्चालन हुने ।’ सूचनामा उल्लेख छ ।

यसैगरी, खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु र होटेल तथा रेष्टुरेन्टबाट हुने टेक–वे सेवा पनि विहान ७ बजेदेखि साँझ ८ बजेसम्म खुला रहने निर्णय भएको छ ।

भोली देखि बन्द रहेका सार्वजनिक सवारी साधनहरु सप्तरीमा सञ्चालन हुने

img

Share: