• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तकोशी नदीमा पानीको वहाव बढदै

img

भारदह । तराई– पहाड क्षेत्रमा लगातार वर्षाले सप्तकोशी नदीमा पानीको वहाव वढेको छ । कोशी व्यारेज कन्ट्रोल रुम प्रशासनका अनुसार नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । गए रातिदेखि बढ्दो नै रहेको पानीको वहाव शुक्रबार दिउँसो डेढ लाख नाघेको छ ।

Nine important facts about Koshi Barrage of Nepal - KathmanduPati

दिउँसोको मापदनअनुसार १ लाख ५२ हजार ८५० प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ । वहाव बढेसँगै ब्यारेजका ५६ ढोकामध्ये २१ वटा ढोका खुला गरिएको कोशी व्यारेज कन्ट्रोल रुमले जानकारी गराएको छ । पानी वहाव अहिले बढ्दो नै रहेकाले आवश्यकता अनुसार थप ढोका खुला गरिने उनले बताए ।

हाल कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने तटबन्ध आसपास बसोवास गर्नेहरुलाई सतर्क भएर बस्न प्रशासनले आग्रह गरेको छ । ब्यारेजमा पानीको बहाव डेढ लाख नाघेसँगै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी