• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लगातार बर्षाका कारण सप्तरीका ८०० घर परिवार डुवानमा

img

सप्तरी । लगातारको बर्षाका कारणले जिता नदिमा बाध भत्किदा सप्तरीको राजविराज नगरपालिका वडा न १० कदमाहा टोलका झण्डै २०० घर परिवार डुबानमा परेका छन ।

सप्तरीको महुलि स्थित जिता धारबाट अचानक बाढि आउदा कदमाहा टोलकम झण्डै २०० घर डुबानमा परेको वडाअध्यक्ष सुशिल दासले जानकारी दिनुभयो । वडाअध्यक्ष दासका अनुसार आज बिहान देखि अचानक पानिको सतह बढेपछि सो बस्ति पुरे डुबानमा परेको जानकारी दिनुभयो । घर घरमा झण्डै ४र५ फिट सम्म पानी जमेको तथा जसमध्ये २५ परिवार पुर्ण रुपमा डुबानमा परेको वडाअध्यक्षले जानकारी दिनुभयो ।

जिता धार भत्किएपछि गाउँमा बाढि आएको स्थानीय महेन्द्र यादवले बताएका छन । लगातारको बर्षाका कारणले जिता धार भत्किएपछि सो बाढि गाउमा प्रवेश गरेको तथा स्थानीयबासिहरु अहिले त्रसित बनेको स्थानीयहरुले बताएका छन । यस्तै खाडो खोलाका कारणले राजविराज नगरपालिका वडा न.१५ का केही घर डुबानमा परेको स्थानीयहरुले बताएका छन । यसेबिच सो भत्किएको जिता धार निर्माणका लागि खटिसकेको तथा बाढि पिडितहरुको उदार तथा राहतका लागि समेत आवश्यक पहल भइरहेको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिनुभयो ।

जिता नदिको बाढिले सप्तरीमा झण्डै  २ सय घर डुबानमा

यस्ते लगातारको बर्षाका कारणले जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिकाको वडा न.११ ,१२ ,१३ र १४ का झण्डै ५ सय घर समेत डुबानमा परेका छन । जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१३ गोबरगाढा स्थित कोशि टप्पुका झण्डै ३ सय परिवार डुबानमा परेको वडाअध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो । सो कोशि टापुमा बर्सेनि कोशिको बाढि आएपनि स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार समेत मोन रहेको आरोप स्थानीयबासिहरुको रहेको छ । यसेगरि लगातारको बर्षाका कारण हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१४ को रमपूरा मल्हनिया र डलवा टोलका झण्डै २ सय घर डुबानमा परेको सप्तरी प्रहरीले जनाएको छ । यता सप्तरमा बर्सेनि विभिन्न खोला तथा नदिबाट बाढि आएपनि यसलाइ नियन्त्रण गर्नका लागि हाल सम्म सम्बन्धित निकायले कुने चासो नदेखाएको आरोप स्थानीयहरुको रहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी