• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

युवतीलाई बलात्कार गरेको आरोपमा भण्टावारीका असई पक्राउ

img

सुनसरी । युवतीलाई बलात्कार गरेको आरोपमा सुनसरीबाट एक जना पक्राउ परेका छन् । युवतीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका हुन् ।

सालकको खपटा सहित १ पक्राउ « Janata Samachar

२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी भएपछि प्रहरी सहायक निरीक्षक ९असई० मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।

अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मण्डलले आफू अविवाहित रहेको भन्दै विवाह गर्ने प्रलोभनमा सम्बन्ध बनाएको युवतीको भनाइ छ । असई मण्डल झापा सरुवा भएपछि श्रीमती रहेको थाहा पाएपछि भने आफूलाई अन्यायमा परेको थाहा पाएर प्रहरीमा उजुरी गरेको केसीले बताए ।

img

Share: