• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

दैनिक साढे तीन हजारको हाराहारिमा कोरोना संक्रमित थप्दै, ३३ जनाको मृत्यु

img

काठमाडौं । पछिल्लो एक साता यता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । करिब दैनिक साढे तीन हजारको हाराहारिमा कोरोना संक्रमित थपिने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार ८४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमुना पीसीआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२ गर्दा १२०६ मा संक्रमण देखिएको छ।


मंगलबार भन्दा दुई हजारको हाराहारीमा परीक्षण कम गर्दा पनि संक्रमितको संख्या भने बढी देखिन्छ । १७ हजार भन्दा बढीको मंगलबार परीक्षण भएको थियो ।

बुधबार भने कुल १५ हजार ८०८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७७१ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमितको भन्दा आधा संख्या एक हजार ९९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणदर विस्तारै उकालो लाग्दै गएकाले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।

img

Share: