• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

img

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो ।

बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष यादवलाई दलको नेता प्रस्ताव गरेका थिए भने महेन्द्र राय यादवले समर्थन गरेका छन् ।


तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजप)बीच एकता भई जनता समाजवादी पार्टी बनेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

जसपामा विवाद बढेका बेला महन्थ ठाकुर पक्षले बहुमत सांसदको समर्थन जुटाएर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थियो ।

निर्वाचन आयोगबाट यादव पक्षले आधिकारिकता पाएपछि फेरि संसदीय दलको नेता चयन गरेको हो ।

img

Share: