• img
  • img
img img img
Categories
प्रदेश समाचार स्वास्थ्य

प्रदेश २ का ८ जिल्लामा कोरोना संक्रमण दर घट्दो

img

सप्तरी । प्रदेश २ मा कोरोना संक्रमण दर घट्दो छ । प्रदेश २ का ८ जिल्लामा एक हप्ता देखी संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ३ सय ४८ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २९ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने ३ सय १९ जना होम आइसोलेशनमा रहेको प्रदेश २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार प्रदेशको ८ मध्ये ४ वटा जिल्लामा कोरोनाको सक्रिय संक्रमितको संख्या ५० भन्दा कम रहेको हो ।

निर्देशक झाका अनुसार अहिले सबैभन्दा कम सर्लाहीमा ९ जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । त्यस्तै रौतहटमा ५८, पर्सामा २६, सिरहामा २४, सप्तरीमा ६१, बारामा ७६, धनुषामा २७ र महोत्तरीमा ५७ जना कोरोनाको सक्रिय संक्रमित छन् ।

प्रदेशमा हालसम्म ३७ हजार ८ सय ४३ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ३६ हजार ४ सय ९२ पुगेको छ भने कोरोनाबाट १ हजार ३ जनाको मृत्यु भएको हो ।

img

Share: